चीन र भारतको बिचमा छौँ, ठूलो कुरा गरेर हुँदैन : गगन थापा

२०८२ फाल्गुन १५, शुक्रबार

रुपन्देही : नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको भू–राजनीतिक अवस्थालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक असन्तुष्टिदेखि भू–कुटनीतिक सन्तुलन मिलाएर अघि बढ्नुपर्ने नेपालको अवस्था रहेको बताए ।

आन्तरिक र कुटनीतिक सन्तुलनलाई मिलाएर देशलाई अघि बढाउन सक्ने शक्ति कांग्रेस भएको दाबी गर्दै उनले भने, ‘बढो गाह्रो गरेर संविधान बनाइएको छ, बढो जोखिमपूर्ण अवस्थामा नेपाल छँदै थियो, भारत र चीनका बिचमा छौँ, चर्को कुराले मात्रै हुँदैन, सबैलाई मिलाएर लिएर जानुपर्नेछ, जातजाति, भाषाभाषी, हिमाल, पहाड, तराईलाई जोड्नुपर्ने छ, छरछिमेकीको बिचमा पनि सन्तुलन मिलाउनुपर्नेछ, त्यो सन्तुलन मिलाएर लैजाने शक्ति नेपाली कांग्रेस मात्रै हो । त्यसैले अर्को कुनै प्रयोग नगरौं । ५ वर्ष खेर फाल्नु हुँदैन ।’

सिस्टम बनाएर निमसंगत ढङ्गबाट गतिका साथ काम गर्नको लागि आफूले ७ वर्षदेखि प्रोजेक्ट गभर्मेन्टको काम गर्दै आएको बताउँदै भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्‍याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार