दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आयो

२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौं : पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आगलागी भएको केही समयमा आगो नियन्त्रणमा लिइएको हो । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए ।

दाउरा थकाली बाहेक अन्य ठाउँहरूमा भने क्षति भएको छ । एसपी गौतमका अनुसार विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार