काठमाडौं : झापा क्षेत्र नं ५ मा मतदान भइरहँदा बालेन शाह पुगे लफडा हुने चेतावनीपछि निर्वाचन आयोगले काठमाडौँ नै फर्काएको खुलेको छ।
काठमाडौँमा मतदान गरेर हेलिकप्टरमार्फत झापा जान बालेनले बुधबार अनुमति माग गरेका थिए।
निर्वाचन आयोगले काठमाडौँ–झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको थियो। तर बालेनलाई झापा जान अनुमति दिएपछि बुधबार नै एमालेले आपत्ति जनाएको थियो। मतदान चलिरहँदा बालेन झापा पुगे लफडा हुने एमालेको चेतावनी पछि उनलाई आयोगले नै फर्काएको हो।





