चितवन–३ मा रेनु दाहाल ८०३ मतले पछाडि

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै गरेकी छिन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार गौतमले नेकपाकी उम्मेदवार रेनु दाहाललाई पछि पारेकी हुन्। प्राप्त विवरण अनुसार रास्वपाकी गौतमले २ हजार ५ सय ८९  मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी दाहालले १ हजार ७ सय ८६ मत पाएकी छिन्। गौतम र दाहालबीच ८ सय ३ मतान्तर रहेको छ।

यस्तै, एमालेका शंकर थपलियाले ५ सय ३७ मत ल्याउदा कांग्रेसका टेक प्रसाद गुरुङले २ सय ७५ र राप्रपाका दीपक मगरले एक सय १३ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार