सिन्धुपाल्चोक : सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् ।
२१५७२ मतसहित दुलाल विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १८८४८ मतमा रोकिए । दुईबीचको मतान्तर २७२४ छ ।
यहाँ एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।





