हर्क साम्पाङद्वारा दार्चुलामा पुल बनाउने अभियान सुरु

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलामा पुल बनाउने अभियान थालेका छन् ।

धरानका साम्पाङले दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ मा पर्ने डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा रहेको तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने जुन अभियान सुरु गरेका हुन् ।

स्थानीय बासिन्दाहरूले वर्षौँदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य लागि श्रमदान अभियान चलाएर झोलुङ्गे पुल निर्माण सुरु गर्न लागेका हुन् । अध्यक्ष साम्पाङले फेसबुक लाइभ मार्फत अध्ययनको लागि श्रमदाताको टोली दार्चुला जान लागेको जानकारी दिएका छन् । यसैगरी उनले सहयोग अभियान पनि सुरु गरेका छन् ।

धरानमा खानेपानी ल्याउन प्रयोग गरिएको ‘श्रमदान र जनसहभागिता’ को मोडललाई नै उनले यहाँ पनि प्रयोग गर्न खोजेका छन्। यसका लागि उनले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग र जनशक्तिको आह्वान समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार