काठमाडौं : स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम–१६ मा इंग्लिस क्लब टोटनहमलाई ५–२ ले पराजित गरेको छ ।
मंगलबार एट्लेटिकोलाई घरेलु मौदन सिभिटास मेट्रोपोलिटानोमा जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । मार्केस लौरेन्टो, एन्टोनाी ग्रिजमन र आरले नोर्मन्डले समान एक गोल गरे । जवाफमा टोटनहमका पेड्रो पोरो र डोमिनिक सोलन्के समान एक गोल फर्काए । खेलेको चौथो मिनेटमा लौरेन्टले एट्लेटिकोलाई अग्रता दिलाए ।
१४औँ मिनेटमा ग्रिजमनले अग्रतालाई दोब्बर बनाए । १५औँ मिनेटमा अल्भारेजले गोल गर्दै अग्रतालाई ३–० को स्थितिमा पुर्याए । २२औँ मिनेटमा नोर्मेन्डले अग्रतामा एक गोल थपे । २६औँ मिनेटमा टोटनहमका पोरोले टोलीको निम्ति एक गोल फर्काए । ५५औँ मिनेटमा अल्भारेजले दोस्रो व्यक्तिगत गोल गरेपछि, एट्लेटिकोले टोटनहमविरुद्ध ५–१ को अग्रता बनायो ।
७६औँ मिनेटमा टोटनहमको निम्ति सोलान्केले गोल गर्दै टोलीलाई २–५ को स्थितिमा फर्काए । अब यी दुईबीचको दोस्रो लेग भने आगामी मार्च १९ मा हुनेछ ।





