काठमाडौँ : भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका एक युवकलाई इच्छा मृत्युको अनुमति दिएको छ ।
बुधबार (फागुन २७) भारतको सर्वोच्च अदालतले १३ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई इच्छा मृत्यु दिन अनुमति दिने फैसला गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
न्यायाधीश जस्टिस जेबी पारदीवाला र जस्टिस केभी विश्वनाथनको संयुक्त इजलासले दिएको सो फैसलालाई भारतको ऐतिहासिक भनिएकोछ छ ।
अदालतले हरीशको उपचार भइरहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पताललाई उनको लाइफ सपोर्ट प्रणाली क्रमिक रूपमा हटाउन निर्देशन दिएको हो ।
दिल्लीमा जन्मिएका हरीश राणा चण्डीगढस्थित पञ्जाब विश्वविद्यालयमा बीटेक अध्ययन गरिरहेका थिए।
सन् २०१३ मा चण्डीगढस्थित पञ्जाब विश्वविद्यालयको होस्टलको चौथो तलाबाट खसेपछि गम्भीर घाइते भएपछि बीटेक अध्ययन गरिरहेका हरीशको शरीर पूर्ण रूपमा पक्षघातग्रस्त भएपछि कोमामा छन् ।
१३ वर्षदेखि ओछ्यानमै रहेका कारण हरीशलाई बेडसोर (शरीरमा गहिरा घाउ) भएको छ ।





