काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य २ हजार २ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ३५ रूपैयाँ कायम भएकोमा आज १८५ रूपैयाँले घटेर ५ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।





