रवि लामिछानेको मुद्दामा सोमबार फेरि सुनुवाइ हुने

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधनको वैधानिकता परीक्षण अझै पनि टुंगिएको छैन ।

सर्वोच्च अदालतले बिहीबार आदेश दिँदै ९ चैतका लागि पेसी तोकेको छ । सर्वोच्चका न्यायाधीशहरू शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधनको त्रुटि सच्याइएको टिप्पणी आदेश झिकाउन भनेको छ ।

महान्यायाधिवक्ता कार्यालयले गत ३० पुसमा भएको आदेशलाई २ माघमा सच्याएको थियो । सोही आदेश झिकाउन सर्वोच्चले भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार