इजरायलविरुद्ध इरानले १ घण्टाभित्र हान्यो ३ ब्यालिस्टिक मिसाइल

२०८२ चैत्र ८, आईतवार

काठमाडौँ : इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ।

यस क्रममा इरानले एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

गएराति इरानले इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको हो।

डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ।

आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

इजरायलको विदेश मन्त्रालय र स्वास्थ्य सेवाले घाइतेमा बालबालिका रहेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार