ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

२०८२ चैत्र १५, आईतवार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइने भएको छ।

शनिबार बिहान पक्राउ परेका दुवैलाई सार्वजनिक बिदा भएकाले हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न आइतबार अदालतमा पेस गर्न लागिएको हो। यस प्रक्रियाअन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालतमा लगिनेछ।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि शनिबार बिहान निवासबाटै पक्राउ गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार