काठमाडौं : संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बुधवार दिउँसो १ बजे सर्वदलीय बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि सर्वदलीय बैठक बस्ने छ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।





