हेलम्बुको जंगलमा घाइते भएका युवकको नेपाली सेनाद्वारा उद्धार

२०८२ चैत्र १८, बुधबार

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित घ्याङ्कयो जंगलको खोचमा खसेर घाइते भएका एक युवकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

ललितपुर जिल्ला, गोदावरी नगरपालिका–४ निवासी २४ वर्षीय पुरुष जंगल क्षेत्रमा खसेर घाइते भएपछि उद्धारका लागि नेपाली सेना परिचालन गरिएको थियो।

नेपाली सेना, श्री श्रीनाथ गणअन्तर्गत सुरक्षा गुल्म हेलम्बुबाट मंगलवार दिउँसो १२:१० बजेदेखि उद्धार टोली खटिएको थियो। उक्त टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा खोज तथा उद्धार कार्य सञ्चालन गरेको थियो।

लगातारको प्रयासपछि उक्त टोलीले बुधवार(आज) बिहान करिब ६:३० बजे घाइते युवकलाई सकुशल उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको छ।

घटनास्थल दुर्गम र जोखिमपूर्ण रहेको भए पनि समन्वयात्मक प्रयासबाट उद्धार कार्य सफलतापूर्वक सम्पन्न भएको सेनाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार