जथाभावी मूल्यवृद्धि रोक्न सरकारको ध्यान जानुपर्‍यो : लिङ्देन

२०८२ चैत्र २२, आईतवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर घटाएर पनि मूल्यवृद्धि रोक्न सुझाव दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत लिङ्देनले आफूले विरोध नगरेर सुझाव मात्रै दिएको बताएका हुन् ।

‘विरोध होइन सुझाव– पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भएपनि जनतालाई राहत दिने,’ उनले लेखेका छन्, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको नाममा हवाई यातायात भाडादर लगायतमा जथाभावी भएको मूल्यवृद्धि रोक्नेतर्फ पनि सरकारको ध्यान जानु पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार