काठमाडौं : राजधानीको तारकेश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा भएको सवारी दुर्घटनामा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) घाइते भएका छन् ।
घाइते हुनेमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर अभय लामा रहेका छन् । रामेछाप घर भएका लामा कार्यालयको काम सकेर आइतबार राति फुटुङस्थित डेरामा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनी सवार बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा उनी सख्त घाइते भएको बताइएको छ ।
ट्रकको ठक्करबाट उनको टाउको, अनुहार, दुवै हातखुट्टा र छातीमा चोट लागेको छ । उनको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–५ घर भएका ३८ वर्षीय आइत राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको छ ।





