काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ५० रूपैयाँ कायम भएकोमा आज १ सय २० रूपैयाँले घटेर ५ हजार १ सय ३० रूपैयाँ कायम भएको छ ।





