काठमाडौं : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदै छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् । काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार, सहायक विदेशमन्त्री कपुर वैशाख ९ गते फर्कने कार्यक्रम छ।
नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् ।





