काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विषयमा सरकार र रास्वपाले जवाफ दिनुपर्ने बताएका छन्।
गृहमन्त्री गुरुङको नाम विवादित व्यापारीसँग जोडिएपछि लिङ्देनले यस्तो बताएका हुन्। ‘गृहमन्त्रीको बारेमा अहिले सञ्चारमाध्यममा जे आइरहेको छ, त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले भने।
यो सरकार पनि प्रचारबाजीमा लागेको टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले जनताले परिणाम खोजेको प्रस्ट पारे। आफू स्वयंले सवारी लाइसेन्स नपाएको प्रसंग उल्लेख गदैै उनले स्टन्ट मात्रले देश नबन्ने बताए।
‘खै मैले लाइसेन्स पाइनँ। तर, २४ घण्टामा लाइसेन्स दिन थालियो भनेर प्रचार बाहिर आइरहेको छ। अब यस्तो प्रचारले पुग्दैन, परिणाम खोजिन्छ,’ उनले भने।





