हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मकवानपुरको बकैया गाउँपालिकाका पूर्वअध्यक्ष खनाललाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । खनाल नेपाली कांग्रेसको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को सङ्घीय सभापति रहेका छन् ।





