घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख ११, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार २० रूपैयाँ कायम भएकोमा आज ७५ रुपैयाँले घटेर ४ हजार ९ सय ४५  रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार