कैलालीमा एक वृद्ध मृत फेला

२०८३ बैशाख १३, आईतवार

कैलाली : कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका हुन्।

मृत फेला पर्नेमा जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारु रहेका छन्।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार