माइतीघरमा दुई महिलाले लछारपछार गरेको दृश्य दुखद : श्रेष्ठ

२०८३ बैशाख १४, सोमबार

काठमाडौं : राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले महिलालाई खुला सडकमा भिड्न बाध्य नबनाउन आग्रह गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठक र नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमतीबिच हातपात भएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि श्रेष्ठले यस्तो बताएका हुन्।

उनले दुई महिलाहरू काठमाडौंको केन्द्रभाग माइतीघरमा आज जुन ढंगबाट हानाहान, लछारपछार गरेको दृष्य सामाजिक सञ्जालमा छताछुल्ल भएको छ, त्यो दुखद र लज्जास्पद भएको भनाइ राखे। उनले अस्मिता लुटिएको, बर्बाद भएको दाबी गर्दै न्यायको याचना गरिरहेको महिला र सामाजिक, पारिवारिक, व्यक्तिगत प्रतिष्ठा गुमेको दाबी गर्ने महिलाको झगडाका बीच पुरुष पात्र ‘कारण’ बनिरहेको बताए।

‘दुई महिलाहरू काठमाडौंको केन्द्रभाग माइतीघरमा आज जुन ढंगबाट हानाहान, लछारपछार गरेको दृश्य सामाजिक सञ्जालमा छताछुल्ल भएको छ, त्यो दु:खद र लज्जास्पद छ। अस्मिता लुटिएको, बर्बाद भएको दाबी गर्दै न्यायको याचना गरिरहेको महिला र सामाजिक, पारिवारिक, व्यक्तिगत प्रतिष्ठा गुमेको दाबी गर्ने महिलाको झगडाका बीच पुरुष पात्र ‘कारण’ बनिरहेका छन्,’ उनले भने।

यस्तै प्रवक्ता श्रेष्ठले यसको दीर्घकालीन निरुपण गर्ने निकाय कुन हो भन्दै प्रश्न समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार