काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आवको ९ महिनासम्म बैंकले ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.६७ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३१ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ कायम भएको छ। गत आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ३ करोड ५२ लाख रुपैयाँ रहेको थियो । बैंकको खराब कर्जा ४.४१ प्रतिशतबाट बढेर ४.८८ प्रतिशत पुगेको छ।
समिक्षा अवधिमा बैंकले १ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरि ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँबाट घटेर ४३ करोड ८९ लाख रुपैयाँ कायम भएको छ।
७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १५.७१ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १५५.०९ रुपैयाँ रहेको छ।





