महावीर पुनले गरे आफ्नो सम्पत्ति सार्वजनिक

२०८३ बैशाख १६, बुधबार

काठमाडौं : स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सम्पत्ति विवरणमा उनले चारवटा ठाउँमा जग्गा रहेको खुलाएका छन् । उनले आफ्नो घर नभएकोले आफू डेरामा बसिरहेको बताएका छन् ।उनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ ।

उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको उल्लेख गरेका छन् भने त्यो सुन श्रीमतीको भएको बताएका छन् । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको खुलाएका छन् । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो ।

आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार