आईपीएलमा मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी

२०८३ बैशाख १७, बिहीबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।

सुरुआती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि रियान रिकल्टनले नटआउट १२३ रनको शतकीय पारी खेलेका थिए ।

विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे । हैदरावादका लागि प्रफुल हिंगेले २ विकेट लिँदा इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले १ विकेट लिए । हैदरावादका लागि ट्राभिस हेडले ७६ र हेनरिक क्लासेनले नटआउट ६५ रनको अर्धशतकीय पारी खेले ।

अभिषेक शर्माले ४५, नितिश कुमार रेड्डीले बनाउँदा सलिल अरोराले नटआउट रहँदै ३० रन जोडे । मुम्बईका लागि एएम घजनफरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार