काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्पष्ट बहुमतमा रहे पनि भ्रममा रहेको बताएका छन् ।
शुक्रबार नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भने, “डेमोक्रेसीमा कानुनको शासन र कानुनले शासन दुईटा फरक कुरा हुन् । सुन्दा एउटै लाग्छ । सुन्ने पनि झुकिन्छ, सरकार पनि झुक्किन्छ । दुवै अवस्थामा सरकारसँग कानुन हुन्छ ।”
लोकतन्त्रमा कानुनको शासन अपेक्षित हुने उनले बताए । उनले भने, “परिणाम जत्तिको महत्त्वपूर्ण हुन्छ प्रक्रिया पनि त्यत्तिकै हुन्छ ।” वास्तविक सुकुम्वासी पहिचान गर्ने र हटाउने सरकारलाई अधिकार रहेको उनको भनाइ छ । तर, कानुनको परिधिभित्र रहेर सरकारले सोच्नुपर्ने र नागरिकसँग युद्ध अपराध जस्तो व्यवहार गर्न नहुने उनको भनाइ छ ।





