भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सञ्चारमाध्यमले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपने बताएका छन् ।
भक्तपुरमा शनिबार सम्पादकीय सङ्कलन (तेस्रो खण्ड) र एक क्षण (समसामयिक टिप्पणी सङ्कलन) नामक दुई पुस्तकको विमोचन गर्दै अध्यक्ष बिजुक्छे्ले सरकारले गर्ने हरेक कामलाई हेरेर त्यसमा भएका कमीकमजोरीलाई मिडियाले औँल्याउनुपर्ने बताए ।
अध्यक्ष बिजुक्छेँले वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति घट्दै गएकामा चिन्ता व्यक्त गर्दै युवामा आलोचनात्मक दृष्टिकोणको भावना बढाउनुपर्ने खाँंचो रहेको बताए । सरकार गर्ने गल्ती कमजोरीमा युवाले औँला ठड्याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पार्टीहरू विचार र सिद्धान्तमा अडिग रहेर देशको भविष्यप्रति चिन्ता गर्दै दिशानिर्देश गर्नेहरूको समूह हुने भन्दै नेपाल मजदुर किसान पार्टीले त्यो काम गरिरहेको बताए ।





