ट्रकमा मोटरसाइकल ठोकिँदा २० वर्षीय युवकको मृत्यु

२०८३ बैशाख २३, बुधबार

काठमाडौँ : ट्रकमा मोटरसाइकल ठोकिँदा मोरङमा २० वर्षीय युवकको मृत्यु भएको छ। अन्य २ युवक घाइते भएका छन्।

सुन्दरहरैँचा नगरपालिका-७ सलकपुरमा प्र.१-०१-००१ ख ४३०३ नम्बरको ट्रकमा को.१० प ८१२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनकुटा छथरजोरपाटी गाउँपालिका-१ बस्ने २० वर्षीय अनिष बुढाथोकी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार