बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८३ बैशाख २४, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रूपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले बढेर ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार