चीनका दुई पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड

२०८३ बैशाख २४, बिहीबार

काठमाडौँ : चीनका दुई पूर्व रक्षामन्त्रीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। तथापि, दुई वर्षपछि सो सजायलाई जन्मकैदमा बदलिने सिन्ह्वाले जनाएको छ। पूर्वरक्षामन्त्रीहरु वेइ फेङहे र ली साङ्फुलाई भ्रष्टाचार मुद्दामा सो सजाय सुनाइएको रिपोर्टमा उल्लेख छ। उनीहरुसहित अन्य कयौँ अधिकारीहरुलाई राष्ट्रपति सी चिनफिङले अपदस्थ गरेका थिए।

सैन्य अदालतले वेइलाई घुस लिएको तथा लीलाई घुस स्वीकारेको र घुस खुवाउने प्रस्ताव पनि गरेको अभियोगमा दोषी ठहर गरिएको हो। उनीहरुले जिन्दगीभरि राजनीतिक अधिकार पाउने छैनन् र उनीहरुको सम्पत्ति पनि हरण गरिएको छ।

मृत्युदण्ड जन्मकैदमा फेरिएपछि उनीहरु जिन्दगीभरि रिहा हुने छैनन्। २०१२ मा सीले भ्रष्टाचारविरुद्ध कारबाही थालेयता सैन्य अधिकारीहरुलाई सुनाइएको यो कठोरतम सजाय हो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार