जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली भेटियो

२०८३ बैशाख २५, शुक्रबार

काठमाडौँ : काभ्रेपलाञ्चोकको बनेपाबाट २५५ राउन्ड गोली बरामद भएको छ।

बनेपा नगरपालिका–८ स्थित सडक छेउमा रहेको नालामा बेवारिसे अवस्थामा राखिएको बाकसभित्र गोली बरामद भएको काभ्रे प्रहरीले जानकारी दिएको छ। बरामद भएकामा २३१ राउन्ड एसएलआरका र २४ राउन्ड थ्रीनटथ्री राइफलको गोली रहेका छन्।

यी गोली जेनजी आन्दोलनका बेला प्रहरीबाटै लुटिएका भएको प्रहरीको दाबी छ। फेला परेका गोली इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ। थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार