मञ्जुश्री को-अपरेटिभका अध्यक्ष घिमिरे पक्राउ

२०८३ बैशाख २६, शनिबार

काठमाडौं : सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को-अप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन्।

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि  प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन उनलाई पक्राउ गरिएको जानकारी दिए।

सहकारीले करिब एक सय ५० बचतकर्ताको १५ करोड बचत रकम फिर्ता गर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार