काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भाइरलको दुनियाँबाट बाहिर निस्किएर कानुन निर्माणमा सहभागी हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।
आइतबार सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रमको समापनमा बोल्दै उनले आफुहरू रास्वपाको भोटले मात्र पहिलो दल नबनेको स्मरण गर्न सांसदहरुलाई निर्देशन दिँदै भाइरलको दुनियाबाट बाहिर निस्कन निर्देशन दिए ।
उनले आफू जीवनी लेख्न नहिँडेको बरू इतिहास लेख्न हिँडेको बताए ।
कार्यक्रममा बोल्दै उनले् भने ‘ कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री प्रधानमन्त्री बन्न, जीवनमा त्यसैको उद्देश्यमा लागेर हिँडेको हुँ। कसैलाई लाग्छ भने त्यो पूर्णरूपमा भ्रम हो,’ उनले भने,‘ म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रुचि छैन।’
उनले रास्वपा अहिले जहाँ उभिएको छ, त्यो इतिहास लेख्ने ठाउँ भएको पनि बताए।
कार्यक्रममा सभापति लामिछानेले सुकुम्बासी बस्ती व्यवस्थापन गर्न छाती थाप्न अझै तयार रहेको समेत उद्घोष गरे ।





