काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
वैशाख २९ गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरी रहेको बोर्डले सोमबार परीक्षा बोर्डको बैठक बोलाएको छ।
केही त्रुटी नभए आजै र त्रुटी भए मंगलबारसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी रहेको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी बताए।





