नेकपा एमालेको सचिवालय बैठक शनिबार दिउँसो बस्ने

२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् ।

शनिबार दिउँसो १ बजे ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एक नेताले बताए ।

बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने ती नेताले जानकारी दिए । “हामीलाई पनि बैठकको एजेन्डाबारे भनिएको छैन । तर, छलफलको विषयवस्तु यिनै हुन सक्छ,” उनले भने । एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार