काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताएका हुन्।
प्रधानमन्त्री संसद्मा आउँदा तपाईँलाई दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको बताए। उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको उल्लेख गरे। सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठिक ढङ्गले अघि लिएर जाने समेत बताए।





