निर्माण व्यवसायीले आफ्नो छवि सुधार्नुपर्छ : राजेन्द्र राई

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई आफ्नो छवि सुधार्न सुझाव दिएका छन् ।

पूर्वाधार विकास समितिको बैठकमा बोल्दै राईले व्यवसायीहरू सरकारको पछि मात्र नलागी आफ्ना समस्या स्पष्टसँग राख्नुपर्ने बताए । उनले निर्माण व्यवसायीले १, २, ३, ४ गरेर आफ्ना समस्या ठोस रूपमा राख्न नसकेको टिप्पणी गरे। ‘सधैँ तेलको भाउ बढेको बहानामा काम रोक्ने र एउटै कुरा दोहोर्‍याउने काम बन्द गर्नुपर्छ’ राईले भने।

उनले निर्माण व्यवसायीको आम रूपमा राम्रो छवि नभएकाले त्यसलाई सुधारेर काममा गति दिनुपर्नेमा जोड दिए। साथै, उनले रोकिएका आयोजनाहरूलाई व्यवहारिक रूपमा समाधान गर्न सरकारलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार