काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५० रूपैयाँ कायम भएकोमा आज ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ कायम भएको छ ।





