काठमाडौं : काठमाडौंको स्वयम्भू क्षेत्रबाट प्रहरीले ठुलो परिमाणको नगद र लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई हाल बुद्धपार्क क्षेत्रमा बसोबास गर्दै आएका ४२ वर्षीय कुमार लामा रहेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले लामालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीबाट करिब १२२ ग्राम खैरो हेरोइन, अन्य केही औषधिजन्य लागुऔषध तथा ३० लाख १७ हजार २४५ रुपैयाँ नगद बरामद गरिएको छ।
पक्राउ परेका लामाविरुद्ध थप अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।





