आजदेखि लगातार चार दिन सार्वजनिक बिदा

२०८३ जेष्ठ १४, बिहीबार

काठमाडौँ : आजदेखि चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन् ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज बिहीबारका दिन बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै छ भने पर्सी जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार चार दिन सार्वजनिक बिदा परेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार