सरकार गैरजिम्मेवार बन्दै गएको कांग्रेसको निष्कर्ष

२०८३ जेष्ठ १४, बिहीबार

काठमाडौँ : बहुमतका बलमा सरकार गैरजिम्मेवार हुँदै गएको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री वालेन्द्र शाह जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो। यससँगै प्रधानमन्त्री शाहले जिम्मेवारीबोध नगरेको पनि कांग्रेसको ठहर छ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शाह संसद्मा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताइन्। यस विषयमा संसदीय दलको बैठकमा पनि छलफल भएको थापाले जानकारी दिइन्।

‘हिजोको अभ्यास हो। उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो,’ थापाले भनिन्, ‘अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार