काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सडकको भाषण र भेलाले पार्टीभित्रको समस्या समाधान नहुने बताएका छन्। सत्तामा हुँदा पनि, प्रतिपक्षमा हुँदा पनि भागबन्डाकै लागि कांग्रेसभित्र झगडा हुने गरेको उनको भनाइ छ।
उनले भागबन्डाको झगडाले कांग्रेस कहाँ पुर्यायो ? भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्, ‘राजनीतिक सुकुम्वासी बनेर पनि खाली कुर्चीको लडाइँ, भाँचिएको कुर्ची पनि नछोड्ने टुक्रा–टुक्रा हुँदा पनि भागबन्डा, मेरो र मेरामा धेरै झगडा गर्दा इमानदार कार्यकर्तालाई मात्र लखेटियो । आखिर को कहाँ पुग्यो ? बुझ्ने कुरा के हो भने: विगतको गलत छनोट र व्यक्तिगत महत्त्वाकाङ्क्षाले नै आजको यो दुर्दशा निम्त्याएको हो।’





