३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले काठमाडौको सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह समेत गरे ।

‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ । अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार