बालेन प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : खनाल

२०८३ जेष्ठ १८, सोमबार

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई गलत, खतरनाक र राष्ट्रविरोधी बताएका छन् ।

खनालले फेसबुकमा लेख्दै भनेका छन्, ‘यो अत्यन्त गम्भीर, दुःखद् र राष्ट्रविरोधी अभिव्यक्ति हो ।’ उनले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेका छन् ।

‘हामी नेपाली युगौँदेखि विदेशी अतिक्रमणविरुद्ध लड्दै आएका छौँ । यस्ता अभिव्यक्तिले देशभक्त जनताको भावनामाथि कुठाराघात गर्छ,’ खनालले भनेका छन् । उनले उक्त अभिव्यक्ति प्रमाणसहित दिनुपर्ने माग गर्दै संसद्को रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार