वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिए । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार