मैदान छोड्दिनँ : एमाले अध्यक्ष ओली

२०८३ जेष्ठ २०, बुधबार

काठमाडौँ : नेकपा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र राष्ट्रिय राजनीतिको अंकगणित बदलिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक आफू तत्काल विश्राम लिने पक्षमा नरहेको स्पष्ट संकेत दिएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले व्यक्त गरेको राजनीतिक अभिव्यक्तिले एमालेभित्र नयाँ तरंग पैदा गरिदिएको छ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला ओलीले आफू अनुकूल समयमा मात्रै पदको आशक्ति राख्ने र अप्ठ्यारो पर्दा मैदान छोडेर भाग्ने नेता नभएको दाबी गरे। ‘सजिलो परिस्थितिमा प्रधानमन्त्री खान कस्सिने र अप्ठ्यारो आउँदा झोला फ्याँकेर भाग्ने गरी म अध्यक्ष बनेको होइन,’ ओलीको यो भनाइले उनी अझै एमाले अध्यक्षमा लामो समय रहिरहन चाहेको प्रष्ट पार्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार