काठमाडौं : राप्रपा परित्याग गरेका धवलशम्शेर राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले एक अपिल जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि उनले जबाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ १९ गतेदेखि सकिइसकेको उल्लेख गरेका हुन्।
राप्रपाले २०७८ मा महाधिवेशन गरेको थियो। विधानअनुसार चार वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा एक वर्षसम्म कार्यकाल थप गर्न सकिने व्यवस्थाअनुसार गत मंसिरमा ६ महिना कार्यकाल थपिएको थियो। उक्त समय जेठ १९ गते सकिएको राणाको भनाइ छ।
‘केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएकाे छ,’ उनले भनेका छन्।





