श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

२०८३ जेष्ठ २३, शनिबार

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो । घाइते भएकी भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार