राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

२०८३ जेष्ठ २५, सोमबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक केही दिन पछि धकेलिएको छ ।

यसअघि २८–२९ जेठमा बस्ने भनिएको बैठक ५–६ असारमा बस्ने भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारणवश केन्द्रीय कार्यसमिति बैठक पछि सरेको बताएका छन् ।

काठमाडौंमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालयसम्बन्धी प्रतिवेदनहरु पेश हुने बताइएको छ । बैठकमा समसामयिक परिस्थितिको समीक्षा पनि हुने श्रेष्ठले बताए ।

संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मितिसमेत बैठकबाछ तय हुने राप्रपाले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार